PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

आतंकका लागि बैकुण्ठका बहुरुप



सविन ढकाल

आतंकका लागि बैकुण्ठका बहुरुप

काठमाडौं : नाम बैकुण्ठ बेल्वासे।
घर अर्घाखाची जिल्ला सिद्धारा गाविस बडा नम्बर ३।
हालको ठेगाना काठमाडौं। 

४३ वर्षीय बेल्वासेलाई यही नाम र परिचयले कतिले चिन्छन् थाहा छैन तर उनका धेरै नाम छन्। कसैले उनलाई कमाण्डर अग्नि चट्टान भनेर चिन्छन्। कतिले विवश भनेर चिन्छन् त कतिले असिना। उनका नाम धेरै छन्। 

परिचय यतिमै टुंगिँदैन। उनी आफूलाई नव आवाज पत्रिकाको संचालनक समेत भन्ने गर्दथे। पत्रिकाको संचालको हैसियतले नै उनी राजधानीका व्यवसायिक घरनाका मानिससँग भेटघाट गर्थे। पत्रिकामा न्युज बनाउने भन्दै उनको उच्च तहका मानिससँग उठबस हुन्थ्यो।

पत्रिकामा विज्ञापन पनि माग्थे। जव मागे बराबरको विज्ञापन तथा पैसा पाउँदैन थिए त्‍यसपछि उनको फरक परिचय देखिन्थ्यो। व्यवसायिक घरानामा सम्पर्क बढाएपछि उनी आफूलाई विभिन्न भूमिगत समुहको नेताका रुपमा पनि चिनाउन पछि पर्थेनन्। देशी र विदेशी।

अलकायदा, सशस्त्र अग्नि ज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता संगठनको कमाण्डर भन्दै पत्राचार गर्थे। पत्र पठाएपछि आफ्नो नाम बदल्दै फरकफरक मोबाइलबाट डिल गर्न थाल्थे।

उनको आतंकको घैटो भरिएपछि प्रहरीमा उजुरी पर्‍यो। प्रहरीले उजुरीकै आधारमा उनलाई खोज्न थाल्यो। थालेको २ महिनामा मात्र उनको कठालोमा प्रहरीको हात पुग्यो।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले असोज १८ गते वेल्वासेलाई काठमाडौंको मनमैजुबाट समात्यो। महाशाखाका डिएसपी रमेश थापा भन्छन्, ‘करिब २ महिनाको शुक्ष्म अनुसन्धानपछि हामीले पक्राउ गर्न सफल भएका हौं।‘

प्रहरीले पक्रेपछि बेल्वासेको अर्को रहस्य पनि खुल्यो। बेल्सासे २०७० साल जेठ १३ गते राजकुमार ढुङगालाई हतियार देखाइ अपहरण गरेको घटनामा समातिएका व्यक्ति पो रहेछन्।

काठमाडौं जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक र संगठित अपराधको मुद्धामा २७ महिना जेल चलानको आदेश दिएको रहेछ। उनी एक वर्षअघि २०७२ भाद्र २७ गते जेल मुक्त भएका रहेछन्।

डिएसपी थापाका अनुसार जेलबाट बाहिरिएलगत्तै उनले ‘धन्दा’ सुरु गरिहाले। थापा भन्छन्, ‘उसले पैसा अरुलाई बाड्नुपर्ने लोभमा एक्लै यस्तो अपराध गरेको देखिन्छ।‘

उनीबाट प्रहरीले विभिन्न भूमिगत समुहको नाममा काटिएको पत्रसहित १ लाख ५० हजार रुपैयाँ वरामद गरेको छ। उनीमाथि थप अनुसन्धान जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell