PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

दुई फिल्मको रिलिज मिति तय



पहिलोपोस्ट

दुई फिल्मको रिलिज मिति तय

काठमाडौं : फ्लोरिना फिल्मस् प्रालिको प्रस्तुति फिल्म 'पुरानो पुस्ता' यही मंसिर ३ गतेदेखि नेपालभर एकैसाथ सार्वजनिक हुने भएको छ। त्यस्तै फिल्म 'बिजुली मेसिन'ले पनि आफ्नो नयाँ रिलिज मिति तय गरेको छ। नेपालको पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको चलचित्र बिजुली मेसिन कार्तिक २६ बाट प्रदर्शनमा आउन लागेको हो।

सय वर्ष पुरानो कथाबस्तुमा आधारित भनिएको फिल्म 'पुरानो पुस्ता'लाई दीप सागरले छायंकन साथै निर्देशन गरेका हुन्। फिल्म रोल्पा र प्युठानका विभिन्न स्थानहरुमा छायांकन गरिएको छ। सय वर्षपहिले खाद्यान्नका लागि अन्य कामका लागि कति टाढा जानुपर्थ्यो र कति दुःख गर्नुपर्थ्यो भन्ने विषय फिल्ममा उठाइएको निर्देशक दीप सागरले बताए।

फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय रहेको छ। सञ्जिव पौडेलको कथामा बनेको फिल्मलाई सावित्री ओलीले निर्माण गरेकी हुन्। फिल्ममा तीनवटा गीत छन्।

वैकल्पिक उर्जा र त्यसले देश विकासका लागि पुर्‍याउने योगदानबारे बनेको फिल्म 'बिजुली मेसिन'ले भदौ महिनादेखि पटकपटक रिलिज डेट सारेको थियो। दुई विद्यार्थीको कथा बोकेको फिल्मलाई नविन अवालले निर्देशन गरेका छन्। एक घण्टा बीस मिनेट लामो फिल्म निर्माणका लागि १ करोड लगानी रहेको निर्माण पक्षको दाबी छ।

फिल्मलाई रिशब आचार्य, राजेश हमाल, सञ्जिव न्यौपाने, दिपेन बस्नेत, सन्तोष लामिछानेले निर्माण गरेका हुन्।

राजेश हमाल, अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, बुद्दी तामाङ, लक्ष्मी भूषाल, कमलमणि अधिकारी लगायत कलाकरको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell