PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

सात सातामा छक्कापन्जा, दर्शक ओइरिएकै छन्



पहिलोपोस्ट

सात सातामा छक्कापन्जा, दर्शक ओइरिएकै छन्

दीपाश्री निरौला निर्देशित फिल्म छक्कापञ्जा सार्वजनिक भएको ७ हप्ता टेक्यो। फिल्मले नेपाली चलचित्र क्षेत्रका प्राय सबै कीर्तिमान ब्रेक गर्‍यो। फिल्मले झण्डै १३ करोडको व्यवसाय गरेको छ जुन सफलता अरु कुनै पनि नेपाली फिल्मले हात पार्न सकेको छैन।

यसअघि श्रीकृष्ठ श्रेष्ठ अभिनित फिल्म 'कोहिनुर' सर्वाधिक व्यापार गर्न सफल फिल्म बनेको थियो। फिल्मले १० करोडको विजनेस गरेको बताइएको थियो। छक्कापञ्जाले कोहिनुरले भन्दा कम समयमा सर्वाधिक व्यापार गर्न सफल भएको हो।

मल्टिप्लेक्स र सिंगल थियटरमा आजसम्म पनि छक्कापञ्जाका लागि दर्शक घटेका छैनन्।  मल्टिप्लेक्समा फिल्म अझै हाउसफुल शो दिन सफल छ।

छक्का पंजाकै कारण अन्य ६ साता बीच प्रदर्शनमा आएका गाँठो, झुम्की, ड्राइभर दाइ, सफर जस्ता फिल्मले एक साता पनि प्रदर्शन नभई हलबाट उत्रनु पर्यो। अहिले प्रदर्शनमा रहेको फिल्म किस्मत २ र सुब्बा साबलाई पनि छक्कापञ्जाले वय्वसायिक एवंम् पब्लिक अटेन्सनको हिसाबले असर गरेको देखिन्छ।

किस्मत २ का काठमाडौं बितरक गोपाल कायस्थका अनुसार काठमाडौं मल्टिप्लेकसमा छक्का पञ्जाको असर धेरै देखिएको छ। किस्मत २ का काठमाडौं डिस्ट्रिब्युटर गोपाल कायस्थका अनुसार काठमाडौंमा किस्मत २को अपेक्षित दर्शक टार्गेट मिट गरेन। भने, 'मल्टिप्लेक्समा छक्कापञ्जाको असर अरु नेपाली फिल्ममा परेको छ। ६ साता भइसक्दा पनि त्यही फिल्मको टिकट बढी बिक्री भएको देखियो।'

बक्सअफिस रेकर्ड ब्रेकर फिल्म छक्कपञ्जामा हास्यकलाकारहरु दिपकराज गिरी, जितु नेपाल, प्रियंका कार्की, केदार घिमिरे, वर्षा राउत, शिवहरी पौड्याल लगायतले मुख्य अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell