25.jpg)
काठमाडौं : श्रीलङकामा हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप–२०१६ मा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ।
कात्तिक ३ देखि ७ गतेसम्म श्रीलंकाको राजधानी कोलम्बोमा हुने प्रतियोगितामा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीले सहभागीता जनाउनेछन्।
प्रतियोगितामा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। यस्तै टिम प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक ओङ्गदेन लामा र टिम व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य पारश श्रेष्ठ रहेका छन्।
प्रतियोगितामा नितेशले ५० र १०० मिटर फ्रिस्टायल, २०० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर ब्याकस्ट्रोक तथा देवेशले ५०, १००, २०० र ४०० मि. फ्रिस्टायल, ५० मि बटरफ्लाई, ५०, १०० र २०० मि. ब्याकस्ट्रोक तथा २०० मि. व्यक्तिगत मिड्लेमा मा प्रतिस्पर्धा गर्नेछन्।
यस्तै अनुभवले ५०, १०० र ४०० मि. फ्रिस्टायल, १०० मि. बटरफ्लाई, ५०, १०० र २०० मि. ब्याकस्ट्रोक तथा २०० मि. व्यक्तिगत मिड्लेमा प्रतिस्पर्धा गर्ने छन् भने सुभमले ५० मि. फ्रिस्टायल, ५०, १०० र २०० मि. ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाली पौडी टोली मंगलबार श्रीलंका जाँदैछ। टोलीलाई पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले आइतबार बिदाइ गरे।