PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​३६ औं गभरनर्स गोल्डकप : केरालालाई हराउँदै झापा एघार क्वाटरफाइनलमा प्रवेश



पहिलोपोस्ट

​३६ औं गभरनर्स गोल्डकप : केरालालाई हराउँदै झापा एघार क्वाटरफाइनलमा प्रवेश

नेपालको झापा एघार ३६ औं अल इन्डिया गभरनर्स गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

आइतबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतको केरला स्टेट इलेक्ट्रिक बोर्ड एसइबीलाई ४-१ ले पराजित गर्दै झापा अन्तिम ८ मा प्रवेश गरेको हो।

झापाले अब सेमिफाइनल प्रवेशका लागि मुम्बईको ओएनजिसीसँग आगामी विहिबार प्रतिस्पर्धा गर्नेछ। सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा भएको खेलमा झापालाई शानदार जित दिलाउन कर्ण लिम्बु, विबाल राई 'ए', विकेश लिम्बु र नरेन्द्र लिम्बुले १/१ गोल गरे।

यस्तै बाई पाउँदै क्वाटरफाइनलमा पुगेको नेपालको अर्को क्लब मनाङ मस्र्याङदीले शुक्रबार गान्तोक हिमालयन एससी र आसाम रेजिमेन्टल सेन्टरबीचको विजेतासँग खेल्नेछ। यी दुईको खेल सोमबार हुनेछ।

प्रतियोगितामा नेपालका २ र भारतका १० गरी कुल १२ टोलीको सहभागिता रहेको छ। 
 फोटो :​http://voiceofsikkim.com/



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell