PahiloPost

Dec 26, 2025 | ११ पुष २०८२

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, जिप पल्टिँदा ११ घाइते



पहिलोपोस्ट

चितवन : चितवनको भरतपुरस्थित आँपटारीमा गएराति ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
 
राति १०:३० बजेको समयमा बा ३ ख ११०१ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्री गोर्खा पृथ्वीनारायण नगरपालिका १ घर भई हाल भरतपुर बस्दै आएका ३१ वर्षीय राजकुमार नेपालीको मृत्यु भएको हो। ट्रकको ठक्करबाट गम्भिर घाइते भएका नेपालीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक भने फरार छन्।

उता तनहुँको मोहरीयामा ना २ च ९४८८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर ताल खस्दा ११ जना घाइते भएका छन्।
 
घाइते ४ जनाको पार्लेन अस्पताल पोखरा, २ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामै र अन्यको स्थानीय अस्पतालमै उपचार भइरहेको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell