PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

दार्चुलामा ४ रिक्टर स्केलको भूकम्पको धक्का



पहिलोपोस्ट

बैतडी : दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। 

भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको भूकम्प गएको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले  भूकम्पले कति क्षति पुर्‍यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षति भए/नभएको जानकारी लिइरहेको बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell