PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

उपत्यकाका पाँच ठाउँमा फ्रि भाइबर सेवा : कल गर्न, सन्देश पठाउन र भिडियो कलको सुविधा



पहिलोपोस्ट

उपत्यकाका पाँच ठाउँमा फ्रि भाइबर सेवा : कल गर्न, सन्देश पठाउन र भिडियो कलको सुविधा

काठमाडौं : विश्वकै अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौंका पाँच स्थानमा फ्रि भाइबर सेवा सुरु गरेको छ। ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट शान्तिनगर, निमन्त्रणा रेस्टुरेन्ट काठमाडौं मल र डिजी टेक पाको न्युरोडमा फ्रि भाइबर सेवा पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 
सुबिसु केवल नेटको सहकार्यमा भाइबर प्रयोगकर्ताले असीमित नि:शुल्क इन्टरनेटमार्फत सित्तैमा कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्ने सक्ने कम्पनीले जनाएको छ।
 
यी स्थानहरुमा प्रयोगकर्ताहरुले फ्रि भाइबर जोनमा लग अन गरेर चाहेजति इन्टरनेटको सुविधा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ। 'हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका छौं,' भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell