
चार्ली अस्टिनले दुई गोल गरेपछि प्रिमियर लिगको गएराति सम्पन्त खेलमा साउदह्याम्पटनले बर्नलेलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा अस्टिनले साउदह्याम्पटनका लागि ५२ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। ६१ औं मिनेटमा नाथन रेडमोडले अग्रता दोब्बर पारे। त्यसको ५ मिनेटपछि नै अस्टिनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को अग्रता दिलाए। बर्नलेको लागि साम भोक्सले सान्त्वना गोल फर्काए।
जितपछि ८ खेलबाट १२ अंक जोडेको साउदह्याम्पटन अंक तालिकामा आठौं स्थानमा उक्लेको छ।
यस्तै गएराति नै भएको अर्को खेलमा वाटफोर्डले मिडल्स्ब्रोलाई १-० ले पराजित गरेको छ। वाटफोर्डलाई जित दिलाउन जोस होलबसले निर्णायक गोल गरे। जितसँगै ११ अंक जोडेको वाटफोर्ड दसौं स्थानमा उक्लेको छ।
प्रिमियर लिग अन्तर्गत आठौं चरणको अन्तिम खेलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।