PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

कर्तव्य ज्यानमुद्दामा फरार अभियुक्त १५ वर्षपछि पक्राउ



पहिलोपोस्ट

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानको लागि सजाय सुनाइएका एक अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ।
 
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले मनाङको भाका गाविस-३ मा घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु घलेलाई काठमाडौंको खिचापोखरीबाट पक्राउ गरेको हो। घलेले २०५७ कात्तिक १७ गते ठमेलको जुली ५४ डिस्कोमा खानापान गर्न भएका काठमाडौं पुरानो बानेश्वरका १९ वर्षीय सुवर्ण गुरुङलाई सामान्य विवादमा धारिलो हरियार प्रहार गरेका थिए। गुरुङको वीर अस्पतालमा उपचार क्रममा सोही दिन मृत्यु भएको थियो।
 
जिल्ला अदालत काठमाडौंले घलेलाई कर्तव्य ज्यान मुद्दामा कैदको सजाय हुने ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंको आदेशमा कैद भुक्तानका लागि आइतबार केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell