PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

सवारीसाधनको ठक्करबाट झापामा तीन जनाको मृत्यु



पहिलोपोस्ट

झापा : झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।
 
पश्चिमतर्फ गइरहेको को१ख ३५९६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे५प ३८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो घटना भएको हो। मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का ६८ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँका ६० वर्षीय अग्नि भेटवाल छन्। गम्भी घाइते भएका उनीहरुलाई बिर्तामोडको बिएन्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
 
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सो सडक खण्‍डमा आज बिहान सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। बस र चालक इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा छन्।

यस्तै, गएराति झापाकै तेलीबारीमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानमा बस्दै आएकी २८ वर्षीया निशा राई रहेकी छिन्।

गम्भीर घाइते उनलाई अस्पताल लैजाने क्रममा बाटोकै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न भएको आशंकामा प्रहरीले एम्बुलेन्सलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell