PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

१५/२० जनाको जत्थाले रोक्यो लोकमानको घरमा पत्र टाँस्न

१५/२० जनाको जत्थाले रोक्यो लोकमानको घरमा पत्र टाँस्न

मनोज सत्याल/पहिलोपोस्ट


काठमाडौं : सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको घरमा पत्र टास्न जाँदा आज पनि अवरोध भएको छ। ‘नियुक्तिको मुद्दा पुनरावलोकन आदेशसहित अदालतमा उपस्थित हुने म्याद’को पत्र घरमा टास्न गएका कर्मचारीलाई स्थानीयले अवरोध गरेका छन्।

‘मान्छे नै नबस्ने घरमा किन टाँस्ने,’ भन्दै १५/२० जनाले अवरोध गरेका हुन्।

स्वीकृत विदाको समय कटिसक्दा पनि कार्यालयसमेत उपस्थित नभएका कार्कीको घरमा यसअघि पनि पत्र टास्न अदालतबाट कर्मचारी खटिएका थिए।
  
आज सर्वोच्चबाट खटिएका दुई कर्मचारीले पत्र टास्न खोज्दा उनीहरुलाई रोकिएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell