
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा केही बेरमै वडा सचिवको रोहबरमा पत्र टाँस गरिने भएको छ।
‘नियुक्तिको मुद्दा पुनरावलोकन आदेशसहित अदालतमा उपस्थित हुने म्याद’को पत्र घरमा टास्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई स्थानीयले आज दिउँसो अवरोध गरेका थिए। 'मान्छे नै नबस्ने घरमा किन टाँस्ने’ भन्दै १५/२० जनाले अवरोध गरेपछि वडा कार्यालयमा केही समय छलफल गरिएको थियो। वडा सचिव सरिता राईसहित भएको छलफलमा स्थानीयलाई मनाएपछि म्याद (सूचना) टाँसिने भएको हो।
स्वीकृत विदाको समय कटिसक्दा पनि कार्यालयसमेत उपस्थित नभएका कार्कीको घरमा यसअघि पनि पत्र टाँस्न अदालतबाट कर्मचारी खटिएका थिए।