PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

१६ वर्षपछि नारायणगढमा सुरु भयो विकास रनिङ शिल्ड फुटबल प्रतियोगिता



पहिलोपोस्ट

  • सरिता पौडेल
चितवन : १६ वर्षपछि चितवनको नारायणगढस्थित क्याम्पाचौरमा विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
 
भारतका ४ सहित १५ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा चितवन ११ र कैलाली ११ भिड्दैछन्।
 
चितवन ११, हिमालयन युथ क्लब कैलाली, झापा ११, मोरङ फुटबल क्लब, सहारा क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, नेपाल प्रहरी बल, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब सहित भारतबाट युनाइेट क्लब सिवान, युनाइटेड खर्साङ फुटबल क्लब, एपेक्स फुटबल क्लब कालिमपोङ र सिक्किम ११ सहभागी हुँदैछन्।
 
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख नगदसहित ट्रफी र मेडल पाउनेछन्। हरेक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार नगद पुरस्कार दिइनेछ। त्यस्तै  फेयर प्ले अर्वाडको रुपमा ट्रफिसहित २५ हजार नगद प्रदान गरिनेछ भने म्यान अफ टुर्नामेन्टको रुपमा नगद २५ हजार र सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन्।
 
क्याम्पाचौर खेल मैदानलाई खेलाडी एवं दर्शक मैत्री बनाउन ३ हजार दर्शक अट्ने प्याराफिट समेत निर्माण गरिएको छ।  प्रतियोगिता सञ्चालनका लागि ६७ लाख ४३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक उपसमितिका संयोजक उत्तमलाल चुकेले जानाकारी दिए। उनले यो प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीहरुको खोज गरी प्रशिक्षण दिँदै शिक्षाको अवसर दिलाइ फुटबल एकेडेमीको स्थापना गर्ने लक्ष्य रहेको समेत बताए।
 
२०३१ साल बाट सुरु भएको यो प्रतियोगिता राजनीति, आर्थिक तथा सुरक्षाको कारण नियमित रुपमा गर्न नसकिएको विकास शिल्ड समिति नारायणगढका अध्यक्ष श्यामकुमार पियाको भनाइ छ।
 
प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग रहेको छ। आयोजकले ६ वर्षसम्म प्रतियोगिता सञ्चालन गर्नको लागि टुबोर्गसँग सम्झौता गरेको हो।
शिक्षामन्त्री धनीराम पौडेलले आज दिउँसो प्रतियोगिताको उद्घाटन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell