काठमाडौं : सामाजिक कार्यमा सक्रिय संस्था 'बिङ होमो सेपियन्स'ले यौन दुर्व्यवहारविरुद्ध सन्देश दिन सर्ट मुभी निर्माण गरेको छ। रिफ्युज अब्युज नाम दिइएको सो फिल्म युट्युबमार्फत सार्वजनिक भएको हो।
सृष्टिकर्ता प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कथा तथा संवाद डाक्टर दिलजान मन्सुरको रहेको छ। करिब ४ मिनेट लामो फिल्मको छायांकन तथा सम्पादन निर्मल मुल्मी श्रेष्ठले गरेका हुन्।
फिल्ममा निशा पाठक, गोकुल भण्डारी, प्रतीक र दिलजान मन्सुरको अभिनय रहेको छ। 'हाम्रो समाजमा महिला दिदी बहिनीहरुलाई हेर्ने दृष्टिकोण र उनीहरुमाथि हुने दुर्व्यवहारमा कमी ल्याउन यो मुभीको भूमिका रहन सक्छ,' फिल्ममा कथा र कन्सेप्ट दिएका मन्सुरले भने।