PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

'पोर्न मुभी'बाहेक कुनै पनि फिल्म अर्गानिक होइनन् : निखिल उप्रेती



पहिलोपोस्ट

'पोर्न मुभी'बाहेक कुनै पनि फिल्म अर्गानिक होइनन् : निखिल उप्रेती

काठमाडौं : नायक निखिल उप्रेतीले पोर्न फिल्मबाहेक अन्य कुनै पनि फिल्मलाई अर्गानिक भन्न नमिल्ने तर्क राखेका छन्।
 
नेपाली फिल्म क्षेत्रमा आएका प्राविधिक तथा प्रस्तुतिमा देखिने परिवर्तनलाई 'अर्गानिक' विशेषण दिने निर्माता र निर्देशकमाथि व्यङ्ग्य गर्दै  उप्रेतीले आफ्नो भनाइ राखेका हुन्। आफ्नै प्रोडक्शनमा बन्न लागेको फिल्म 'रुद्र'को घोषणा गर्दै उनले काल्पनिक कथामा बन्ने कुनै पनि फिल्मलाई अर्ग्यानिक भन्न नमिल्ने दाबी गरे।
 
'प्रकृतिसँग जोडिएका वस्तु वा विषयलाई मात्र अर्गानिक भन्न मिल्ने भएकाले पोर्नबाहेक कुनै पनि फिल्मलाई उक्त संज्ञा दिन हुँदैन,' उनको तर्क छ।
 
उनले आफूले निर्माण गर्न लागेका फिल्म रुद्रलाई पनि अर्ग्यानिक फिल्म नभनिदिन मिडियाकर्मीसामु भने।
 
रामजी लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा विश्व शर्मा र साराले फिल्म इन्डस्ट्रीमा डेब्यु गर्दैछन्। फिल्म युनिट आजैबाट सुटिङका लागि फ्लोरमा उत्रिएको छ। जोमसोम, नारायणगढ, कोहलपुर र कर्णालीका विभिन्न ठाउँहरुमा खिचिने फिल्म २०७४ साउनमा मात्र प्रदर्शन हुने जानकारी दिइएको छ।
 
फिल्ममा निर्माता निखिल स्वयं र रोए दीप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेलको अभिनय रहनेछ। फोटो : महेश्वरमान सि‌ंह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell