PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

भुजी लिग रनिङ शिल्ड फुटबल प्रतियोगिताको छैटौं संस्करण शुक्रबारबाट



पहिलोपोस्ट

काठमाडौ :  रामेछापको भुजी गाविसमा हुँदै अएको भुजी लिग रनिङ शिल्ड फुटबल प्रतियोगिताको छैटौं संस्करण अगामी शुक्रबारदेखि सुरु हुने भएको छ।

रामेछाप र सो आसपासका जिल्लाहरुमा हुने प्रतियोगितामध्ये सार्वधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको रुपमा रहेको भुजी लिग रनिङ शिल्ड २०६८ सालदेखि सुरु भएको हो। लिखु भुजी रामेछाप युवा क्लबको अयोजनामा प्रतियोगिता हुन लागेको हो।

२०६८ सालमा ११ ए साइड खेल्न मिल्ने मैदानको निर्माण सम्पन्न भएपश्चात् ब्रिटीस आर्मी तथा सिंगापुर पुलिसमा कार्यरत र रिटायर्ड स्थानीयहरुको सौजन्यमा १ केजी चाँदी र १ तोला सुनबाट निर्मित १ थान ट्रफी सौजन्यका रुपमा प्राप्त भएको थियो।

त्यसदेखि नै हरेक वर्ष दसैं र तिहारको बीचमा यो प्रतियोगिता नियमित आयोजना हुँदै आएको छ। 

रामेछापको भुजी ४ स्थित भुजी खेलकुद मैदानमा हुने प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुने अायोजकले जनाएको छ। लिगकम नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा कुल २० टीमको सहभागिता हुने अायोजकको अपेक्षा छ।

प्रतियोगिताको विजेताले ५१ हजार नगद पुरस्कार सहित भुजी लिग ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र पाउनेछन्। यस्तै दोस्रो हुनेले २५ हजार नगद रजत पदक र प्रमाणपत्र तथा तेस्रो हुनेले १३ हजार कास्य पदक र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरु, सर्वाधिक गोलकर्तालाई पनि ट्रफी प्रदान गरिने अायोजकले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell