PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

लागुऔषध र अवैध सामानसहित काठमाडौंबाट तीन जना पक्राउ



पहिलोपोस्ट

काठमाडौ : लागुऔषध र अवैध सामानसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ।
 
काठमाडौं महानगरपालिका–३४ बानेश्वरस्थित सुकुम्वासी टोल बस्ने दोलखा जिरी–६ घर भएका ३० बर्षीय  फुर्वा शेर्पा, काभ्रे चण्डिनी–९ घर भई हाल सोही टोलमा बस्ने २५ वर्षीय सन्तोष कुँवर र काभ्रे कुन्तबेँसी घर भएका १७ वर्षीय अनिल कुँवर पक्राउ परेका हुन्।
 
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले फुर्वाको कोठामा खानतलासी गर्दा लागुऔषध गाँजा ५ सय ग्राम, मिनी ल्यापटप १ थान, क्यामेरा १ थान, हथौडी १ थान र रेन्ची १ थान बरामद गरेको थियो। निजलाई सोधपुछ गर्दा साथीहरुको कोठामा समेत लागुऔषध रहेको बताएपछि प्रहरीले सन्तोषको कोठा समेत तलासी गर्दा डाइजोपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र लुपीजेसिक २५ एम्पुल बरामद गरेको छ।
 
प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell