PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

शिक्षामन्त्री पौडेल भन्छन्- 'अब हरेक प्रदेशमा विश्वविद्यालय'



पहिलोपोस्ट

शिक्षामन्त्री पौडेल भन्छन्- 'अब हरेक प्रदेशमा विश्वविद्यालय'

चितवन : शिक्षामन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताएका छन्। यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन विधेयक संसद्मा लाने तयारी थालेको पनि उनले बताए।
 
नेपाल पब्लिक क्याम्पस सङ्घले आज आयोजना गरेको ‘पब्लिक विश्वविद्यालय स्थापना अभियान’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पौडेलले उच्च शिक्षा ऐनलाई शिक्षा क्षेत्रको छाता ऐनका रुपमा अघि सार्न लागेको जानकारी दिए। ऐन बनिसकेपछि उच्च शिक्षा आयोग गठन गरी विश्वविद्यालयलाई अघि बढाउने उनको भनाइ छ।
 
चितवनमा पब्लिक विश्वविद्यालय स्थापनाका लागि आफ्नो तवरबाट पूर्ण सहयोग गर्ने बताउँदै उनले विश्वविद्यालयका लागि बनाउन लागिएको छाता ऐन बनाउने समयसम्म पर्खनका लागिसमेत आग्रह गरे। नेपालमा अहिले ७५० भन्दा बढी पब्लिक क्याम्पस रहेको र उनीहरुलाई सरकारले साथमा लिएर हिँड्नु आजको आवश्यकता रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell