PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मोदी र जिनपिङसँगको भेट, ढुंगा खोज्दा देउता भेटेजस्तो : प्रधानमन्त्री प्रचण्ड



सविन ढकाल

मोदी र जिनपिङसँगको भेट, ढुंगा खोज्दा देउता भेटेजस्तो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँगको त्रिपक्षीय वार्ता औपचारिक नभई प्राविधिक कारणले संयोग मात्र भएको प्रस्ट पारेका छन्।
 
भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले त्यो भेट दुर्लभ संयोग रहेको बताए।
 
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक कोठामा पसेर त्यसपछि त्रिदेशीय हितका बारेमा महत्तवपूर्ण कुरा भएको उनको भनाइ छ।

'म औपचारिक कार्यक्रम सकेर होटल फर्किने क्रममा केही बेर रोकिनुपर्‍यो। म कोठामा बसिरहेका बेला चिनियाँ राष्ट्रपति छिर्नुभयो, मलाई अचम्म लाग्यो। उहाँसँग कुरा गर्न खोजिरहेको थिए। जब उहाँसँग भेट भयो। ढुंगा खोज्दा देउता मिलेजस्तो भयो,' प्रधानमन्त्री प्रचण्डले भने, 'केही बेर कुरा गरेपछि मोदीजी पनि आउनुभयो। उहाँ दायाँ, म बीचमा र चिनियाँ राष्ट्रपित बायाँ बस्नुभयो। हामीबीच २० मिनेट उपलब्धिमूलक कुरा भए।'

प्राविधिक संयोगले भएको भेटबाट नेपालका लागि पनि धेरै फाइदा पुग्ने उनले बताए। 'आर्थिक विकास, आपसी समझदारीका विषयमा हामीले छलफल गर्‍यौं,' उनले भने, 'नेपाल जस्तो सानो देशले चीन र भारतबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा पनि यो भेट निकै महत्वपूर्ण रह्यो।'

विगतमा भएका सहमतिहरुलाई कार्यान्वयन गर्न समेत आफूले चीन र भारतलाई आग्रह गरेको प्रधानमन्त्रीले बताए। यो भेट नेपालकै लागि गर्व गर्ने कुरा भएको पनि उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell