PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

टु टेन क्रिकेट युएसए कप : १० ओभरको २ इनिङ, नेपालबाट पारस खड्कासहित नेपाली राइनोजले खेल्ने



पहिलोपोस्ट

टु टेन क्रिकेट युएसए कप : १० ओभरको २ इनिङ, नेपालबाट पारस खड्कासहित नेपाली राइनोजले खेल्ने

काठमाडौं : टी २० फर्म्याटलाई क्रिकेटको नयाँ स्वरुपको रुपमा हेरिन्छ। पाँच दिन खेलिने टेष्ट क्रिकेट वान डे हुँदै करिब एक दशकअघि टी २० फर्म्याटमा खेलिन थालिएको हो।
 
टी २० को विकास भएसँगै टेष्ट र वान डे क्रिकेटलाई चुनौती थपिएको क्रिकेट विश्लेषकहरुले बताउँदै आएका छन्। तर अब टी २० जस्तै नयाँ स्वरुपको टु टेन क्रिकेट प्रतियोगिता अमेरिकामा आयोजना हुँदैछ।
 
टी २० क्रिकेट भए पनि यो नयाँ फर्म्याटमा खेलाइने भएको छ। यसमा दुई टीमबीच २ इनिङको खेल हुनेछ भने १० ओभरको एक इनिङ हुनेछ।
 
पहिले ब्याटिङ गर्ने टोलीले १० ओभर ब्याटिङ गरेपछि अर्को टोलीले पनि १० ओभर नै ब्याटिङ गर्नेछ। त्यसपछि पुन दुवै टोलीले १०/१० ओभर ब्याटिङ गर्नेछ। यसरी एक खेलमा कुल ४ वटा इनिङ हुनेछ।
 
यसले टेष्ट क्रिकेटको स्वरुपको झल्को समेत दिनेछ।
 
टेष्ट क्रिकेटमा जस्तै यसमा पनि फलो अन हुनेछ। यदl दोस्रो ब्याटिङ गर्ने टोलीले पहिलो टोलीले बनाएको रनको आधाभन्दा कम मात्र रन बनाउन सक्यो भने पहिले ब्याटिङ गर्ने टोलीले दोस्रो ब्याटिङ गर्ने टोलीलाई फलो अन लगाउन सक्नेछ।
 
'रिसेपिङ क्रिकेट'को स्लोगन दिइएको टु टेन क्रिकेट अमेरिकाको होउस्टनस्थित मोसा स्टेडियममा ५ दिनसम्म चल्नेछ।
 
कुल ८ टोलीको सहभागिता रहने प्रतियोगितामा अमेरिका, भारत, पाकिस्तान, इंगल्याण्ड, वेष्टइन्डिज र नेपालका खेलाडीहरुले सहभागिता जनाउनेछन्।
 
नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तान पारस खड्काको नेतृत्वमा नेपालबाट नेपाली राइनोजले प्रतियोगितामा भाग लिनेछन्। नेपाली राइनोजले पहिलो खेलमा नोभेम्वर ९ मा मोन्टगोमेरी स्पोटर्स क्लबसँग खेल्नेछ।
 
यस्तै पाकिस्तानका सइद अजमल, कमरान अकमल, असद अली, वेष्ट इन्डिजका रिकार्डो पावेल जस्ता विश्व स्तरीय खेलाडीले पनि यस प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ।
 
नेपाली राइनेज रहेको समूह ए मा मोन्टगोमेरी स्पोर्ट्स क्लब, समरसेट काभालिएरस र युएई फाल्कोन्स रहेका छन्।
 
यस्तै समूह बी मा फ्लोरिडा अन्डरडग्स, हउस्टन स्पार्कस्, पार्क पञ्जाव क्रिकेट क्लब र स्मार्ट च्वाइस स्पोर्ट्स क्लब रहेका छन्।
 
प्रतियोगिता नोभेम्वर ९ देखि १५ सम्म सञ्चालन हुनेछ भने कुल १५ खेल खेलाइनेछ। टोटल विनिङ प्राइज ६० हजार २५० अमेरिकी डलर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell