
काठमाडौं : नोभेम्बर १ देखि लागू हुने गरी अमेरिकी पासपोर्ट र भिसामा चस्मा लगाएको फोटो अस्वीकृत हुने भएको छ।
अमेरिकी नागरिकले आफ्नो पासपोर्ट र भिसामा चस्मा लगाउन सक्ने एउटा प्रावधान भने राखेको छ। ‘निवेदकको आँखामा सल्यक्रिया भएको वा आँखाको अवस्था ज्यादै नाजुक हुने चिकित्सकीय कारण रह्यो भनेमात्र चस्मा लगाउन सक्छ,’ काठमाडौं स्थित अमेरिकी दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यस्तो अवस्था हो भने चिकित्सकको सिफारिससहित निवेदन अनिवार्य राख्नुपर्छ।’