PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

निखिलले गरे फिल्म रुद्रको घोषणा



पहिलोपोस्ट

निखिलले गरे फिल्म रुद्रको घोषणा

काठमाडौं : नायक नायिका स्वयंमले फिल्म निर्माण निर्देशन गर्नु नौलो कुरा रहेन। चार वर्षको अन्तरालपछि फिल्म लाइनमा कमब्याक गरेका एक्शन नायक निखिल उप्रेतीले फिल्म 'भैरव'मा अभिनय मात्र गरेनन् निर्माण एवं निर्देशन पनि गरे। फिल्मबाट सफलता चाखे लगत्तै यस वर्ष पनि उनले 'रुद्र' फिल्म निर्माण घोषणा गरे।

उनको फिल्म मार्फत् पनि दुई नयाँ अनुहारले फिल्म इन्डस्ट्रीमा डेब्यु गर्दैछन्। आत्मामा बोलको गीतमा देखिएका मोडल विश्व शर्माले अभिनेताका रुपमा इन्ट्री गर्न लागेका हुन भने अभिनेत्रीका रुपमा देखिँदैछिन् सारा। अमेरिकामा बस्दै आएका विश्वले म्युजिक भिडियोहरुमा अभिनय गरेका छन्। कलाकार सारा युकेबाट फर्किएकी हुन्।

फिल्ममा निखिल उप्रेती स्वयम् भने खलनायकका रुपमा देखिँदै छन्। सौरभ लामाको छायाँकन रहने फिल्ममा दिनेश सोनाम र निखिलको संगीत, हिमाल केसीको एक्सन, वनिश शाहको सम्पादन रहनेछ। फिल्मलाई रामजी लामिछानेले निर्देशन गर्दैछन्।
चलचित्रलाई जोमसोम, नारायणगढ, कोहलपुरी, कर लगायतका रमणीय स्थानमा खिचिनेछ। आउँदो वर्षको साउन महिनामा फिल्म सार्वजनिक हुने निखिलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell