PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

ट्रिपल एक्समा हेर्नुस् दमदार दीपिका



पहिलोपोस्ट

केही अघि इरफान खानले हलिउडमा बलिउडका कलाकारलाई नोकरभन्दा माथिको भूमिका दिन भर्खरै सुरु भएको बताएका थिए। विश्वकै सबैभन्दा शक्तिशाली फिल्म उद्योग हलिउडमा बलिउडका थोरैमात्र कलाकार छन् जसले महत्वपूर्ण भूमिका पाएका छन्। इरफान तिनैमध्येका एक हुन्। पछिल्लो समय महत्वपूर्ण भूमिका पाउनेको सूचीमा प्रियंका चोपडा र दीपिका पादुकोणका नाम पनि थपिएका छन्।

दीपिका ट्रिपल एक्सको सिक्बेलमा देखा पर्दैछिन्। उनको उपस्थितिले दक्षिण एसिया र भारतीय दर्शकबीच यो सिक्बेल महत्वपूर्ण बन्दैछ। सबैभन्दा ठूलो फिल्म उद्योग बलिउडकी हिरोइनलाई हलिउडले राम्रो भूमिका दिएपछि दोस्रो ठूलो जनसंख्या भएको मुलुक भारत पक्कै पनि व्यापारिक हिसाबले प्रवर्द्धन योग्य क्षेत्र हो। त्यसमाथि भारतीयको बसोबास विश्वका सबै कुनमा उत्तिकै छ।

त्यसैले ट्रिपल एक्स रिटर्न अफ जेन्डर केजको दोस्रो ट्रेलर जारी हुँदा दीपिका हावी देखाइएकी छिन्। भ्यान डिसेलको एक्सन थ्रिलरमा दीपिका तगडा लुकमा देखिएकी छिन्। यो ट्रेलरमा दीपिकाको एकाधिपत्य नै छ। परम्परागत बलिउडभन्दा धेरै एड्भान्स फिल्ममा उनी देखा परेकी छिन्। बोल्ड, व्युटिफुल एन्ड व्यालेन्स्ड रुपमा। हेर्नुस् ट्रेलर
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell