गाईघाट (उदयपुर), १ कात्तिक । कटारी बजारबाट मिर्चैयातर्फ जाँदै गरेको जिपले मिर्चैयाबाट कटारीतर्फ आउँदै गरेको मोटरसाइकललाई आज अपराह्न ठक्कर दिँदा मोटरसाइकल चालक कटारी–७ का पुष्कर थापाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार बा १५ च ८५९८ नंको बलेरो जिपले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको स १० प ८२०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। रासस