PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

​आजदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम



पहिलोपोस्ट

काठमाडौँ : छाउनीस्थित महावीर गण (रेन्जर) र अमेरिकी सेनाको विशेष कार्यसमूहबीच आजदेखि संयुक्त तालिम/अभ्यास ‘टिक नेल १७–०१’ सञ्चालन भएको छ। 
 
विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा आधारित रहने तालिम रसुवाको लाङटाङ र कास्कीको पोखरा इलाकामा  कात्तिक  २६ गतेसम्म सञ्चालन हुनेछ।  तालिमका लागि अमेरिकी सेनाको टोली गत असोज २७ गते यहाँ आइपुगेको थियो।
 
यस्तो संयुक्त तालिम तथा अभ्यासबाट नेपाली र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदान प्रदान गर्न सहयोग पुग्नाका साथै नेपाली सेनाको क्षमतामा समेत वृद्धि हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell