PahiloPost

Jun 15, 2026 | १ असार २०८३

​'रेड डर्बी' भिडन्तमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी



पहिलोपोस्ट

​'रेड डर्बी' भिडन्तमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी

प्रिमियर लिगअन्तर्गत सिजनको पहिलो रेड डर्बी भिडन्तमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। 

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको आठौं चरणको खेलमा गोलरहित बराबरी खेल्दै दुवै टोलीले १/१ अंक बाँडे।

पहिलो हाफमा दुवै टोलीले पर्याप्त रुपमा गोलको मौका सिर्जना गर्न नसके पनि एडम लालाना दोस्रो हाफमा मैदान छिरेपछि लिभरपुलले खेलमा सुधार गरेको थियो। तर पनि गोल भने गर्न सकेनन्। 

७१ औं मिनेटमा लिभरपुलका फिलिप काउटिन्होले प्रहार गरेको बल म्यानचेष्टर युनाइटेडका गोलरक्षक डेविड डे हेएले शानदार बचाउ गरेका थिए।

बराबरीमै रोकिएपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमायो। ८ खेलबाट १७ अंक जोडेको लिभरपुल चौथो स्थानमा यथावत छ। समान खेलबाट १९ अंक जोडेको सिटी शीर्ष स्थानमा कायम रहँदा समान १९ अंक नै रहेको आर्सनल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। 

यस्तै यस सिजन अपराजित रहँदै १८ अंक जोडेको टोटनहम तेस्रो स्थानमा छ। लिभरपुलसँग बराबरीपछि १४ अंक जोडेको युनाइटेड भने सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell