PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

कञ्चनपुरमा फेला पर्‍यो लोपोन्मुख प्रजातिको ७ फिट लामो अजिङ्गर



पहिलोपोस्ट

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। 

स्थानीय बासिन्दा रुपलाल चौधरीको धान खेतमा अजिङ्गर फेला परेपछि इलाका वन कार्यालय ब्रह्मदेवमा खबर गरिएको थियो। फेला परेको अजिङ्गर ७ फिट लामो र ६ किलो तौलको रहेको इलाका वन कार्यालयका वन रक्षक उमेशबहादुर सिंहले बताए।

अजिङ्गरलाई वन रक्षकको टोलीले उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बुझाएको छ। अजिङ्गर चुरे क्षेत्रको गणेश सामुदायिक वनबाट बस्तीतर्फ आएको हुन सक्ने बताइएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell