PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

भोजपुर-काठमाडौं सिधा बस सेवा सुरु, भाडादर २५ सय



पहिलोपोस्ट

भोजपुर : भोजपुरदेखि काठमाडौंसम्म सिधा यातायात सेवा सुचारु भएको छ। 

चुम्लुङ्मा यातायात प्रालिले आजदेखि भोजपुरदेखि धरान हुँदै काठमाडौंसम्म सिधा माइक्रोबस सञ्चालनमा ल्याएको हो। 

चुम्लुङ्माले १८ सिट क्षमताका छवटा माइक्रोबस भोजपुर झिकाइसकेको भए पनि सडक सहज नहुँदा दिनमा दुई वटा मात्र बस सञ्चालन गरिने भएको छ। भोजपुरदेखि काठमाडौं सिधा यातायातको भाडादर रु २ हजार ५ सय निर्धारण गरिएको चुम्लुङ्मा यातायात प्रालिका सञ्जीव केसीले बताए।
 
भोजपुरदेखि सिधै काठमाडौं चल्ने माइक्रोबसमा फ्रि वाइफाइ, एसी, एलइडी कोच लगायतको सुविधा छ ।

यसअघि, राजधानी जान भोजपुरदेखि धरान हुँदै गाडी फेरेर झन्डै तीन दिन लगाएर जानुपर्ने बाध्यता रहेको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell