PahiloPost

Jun 15, 2026 | १ असार २०८३

यी हुन्, प्रिमियर लिगका एकै खेलमा २ पेनाल्टी सेभ गर्ने ७ गोलरक्षक



पहिलोपोस्ट

यी हुन्, प्रिमियर लिगका एकै खेलमा २ पेनाल्टी सेभ गर्ने ७ गोलरक्षक

प्रिमियर लिगको शनिबार भएको खेलमा म्यानचेष्टर सिटीका दुई खेलाडीको पेनाल्टी सेभ गर्दै एभरटनका गोलरक्षक मार्टिन स्केलेटनबर्ग खेलको नायक बने।

एकै खेलमा दुई खेलाडीको पेनाल्टी रोकेपछि सिटी जितबाट बन्चित रह्यो। स्केलेटनवर्गकै उत्कृष्ट प्रदर्शनको मद्धतमा एभरटनले सिटीलाई १-१ को बराबरीमा रोक्यो। 

प्रिमियर लिगको एकै खेलमा गोलरक्षकले २ पेनाल्टी रोकेको यो पहिलो अवसर भने होइन। एकै खेलमा २ पेनाल्टी सेभ गर्ने स्केलेटनबर्ग सातौं खेलाडी हुन् भने यस्तो भएको समग्रमा आठौं पटक हो। 

हेरेल्हो गोमेज दुई पटक यस्तो खालको उपलब्धी आत्मसाथ गरेका छन्। सन् २०१० मा टोटनहमबाट खेल्दै सण्डरल्याण्डका २ पेनाल्टी सेभ गरेका गोमेजले यसै सिजन वाटफोर्डबाट खेल्दै वेष्टब्रोमका दुई पेनालटी रोकेका थिए। 

एकै खेलमा २ पेनालटी रोक्ने पहिलो खेलाडी मार्क बोसमिच हुन्। उनले सन् १९९४ मा एस्टन भिल्लाबाट खेल्दै टोटनहमका दुई पेनाल्टी रोकेका थिए।
दुई पेनाल्टी रोक्ने अन्य खेलाडीहरुमा पाभेल स्रिनिसेक, एडविन भान डेर सार, ब्राड फिडेल र जुसी जासकेलाइनेन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell