PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सांसद चौधरीको प्रश्न- 'लोकमान कुन लोकका यमराज हुन्?'



पहिलोपोस्ट

सांसद चौधरीको प्रश्न- 'लोकमान कुन लोकका यमराज हुन्?'

काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयलाई गम्भीरताका साथ उठाएका छन्।
 
सांसद गंगा चौधरीले कार्कीले कानुनी राज्यको उपहास गरेको भन्दै म्याद तामेली गर्न नसक्नु कानुनकै लाचारी भएको बताइन्। लोकमानको शक्ति प्रदर्शनमाथि संकेत गर्दै उनले प्रश्न गरिन्, 'लोकमान कुन लोकका यमराज हुन्?'
 
मुख्य राजनीतिक दलहरुको आड पाएकैले लोकमानको आँट बढेको भन्दै सांसद चौधरीले उनलाई बचाउने प्रमुख दलहरुल नै भएको आरोप लगाइन्। 'उनलाई जोगाउने र तामेली गर्न नदिने पनि राजनीतिक दलहरु नै हुन्।'
 
आयोग प्रमुखमा कार्कीको नियुक्ति सम्बन्धी मुद्दाको तामेली बुझाउन महिना दिनदेखि प्रयास गरे पनि सर्वोच्च अदालतले सफलता पाउन सकेको थिएन। हिजो अबेरमात्र उनको मुद्दाको तामेल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell