काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्याद तामेलीमा आलटाल गरेका तामेलदार शम्भूबहादुर खत्रीमाथि कारवाही गर्न अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
खत्री दशैं अघि कार्कीलाई म्याद तामेली नगरी बेपत्ता भएका थिए। सर्वोच्चले दिएको जिम्मेवारी पूरा गरेका थिएनन्। सर्वोच्च प्रशासनले प्रतिवेदन बनाएर खत्रीको मु्द्दा पेशी चढाएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बेञ्चमा विविध विषय माथि सुनुवाइ भइरहेको छ।
*खत्रीले लोकमानसिंह कार्कीको घर भाडामा भएको उल्लेख गर्दै भाडाको घरमा सूचना नटाँस्ने बताएका थिए।
*सम्पादित