PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

विकास रनिङ शिल्डमा आज एपिएफ र सहारा क्लब भिड्दै



पहिलोपोस्ट

चितवन : चितवनको  क्याम्पाचौरमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज एपिएफ क्लब र साहारा क्लब भिड्दैछन्। दिउँसो साढे २ बजेबाट हुने खेलमा सशस्त्र प्रहरीको एपिएफ र पोखराको साहारा क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो।
 
प्रतियोगिताको उद्घाटन खेलमा हिजो चितवन ११ ले हिमालयन युथ क्लब कैलालीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो। १२ औं संस्करण अन्तरगत सुरु भएको प्रतियोगिता १४ गतेसम्म चल्नेछ। प्रतियोगितामा भारतका ४ सहित १२ टिमको सहभागिता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell