
पृथ्वीमा अद्भुत विषयको कुनै कमी छैन। विश्वका विभिन्न प्रसिद्ध व्यक्तिहरुका स्ट्याचु अर्थात् मूर्ति बनाउने परम्परा पनि रहेको छ। अझ केही व्यक्तिहरुको त चट्टानमै मूर्ति बनाइने समेत गरिएको छ।
एउटै चट्टानमा बनाइएका विश्वका १० अद्भुत मूर्तिहरु यस्ता छन्।
श्रवणबेलगोला मैसुर
भारतको कर्नाटक राज्यस्थित मैसुर भन्ने स्थानमा श्रवणबेलगोलको मूर्ति रहेको छ।
द ग्रेट मैत्रेय बुद्ध अफ बिङलङ, चीन
चीनको येल्लो रिभरको किनारमा अवस्थित मन्दिरमा एउटै चट्टानमा बुद्धको मूर्ति रहेको छ।
कोलोसोल स्ट्याचु अफ सापर प्रथम इरान
यो सैसानियन राजा सापर प्रथमको विशाल मूर्ति हो। जुन इरानमा रहेको छ।
अभुकाना बुद्ध स्ट्याचु, श्रीलंका
श्रीलंकाको केकिरवामा अवस्थित ४० फिट उचाइको यस मूर्ति पाँचौ शताब्दीमा बनाइएको उल्लेख छ। एकै ग्रेनाइटको चट्टानबाट मूर्तिको निर्माण गरिएको थियो।
तीर्थनकरा जैन स्कल्पचर, भारत
भारतको ग्वालियरमा अवस्थित यस मूर्ति विश्वमाझ निकै प्रसिद्ध रहेको छ।
ग्रेट स्फिङ्क्स अफ गिजा
इजिप्टमा रहेको यो मूर्ति विश्वकै प्राचीन मध्येको एक मानिन्छ। यो मूर्ति उत्तिकै सुन्दर र विशाल समेत छ।
लेसान जायन्ट बुद्ध चीन
चीनको लेसानमा रहेको यस मूर्तिको उचाइ २३३ फिट अर्थात् ७१ मिटर रहेको छ। शिजुओको पहाडमा आठौं शताब्दीमा यस मूर्ति बनाइएको उल्लेख छ।
डाइङ लायन र लुसर्न
स्वीट्जरल्याण्डको लुसर्नमा सन् १८१८ मा निर्माण कार्य सुरु गरी १८२१ मा यो मूर्ति पूरा गरिएको थियो। सन् १७९२ मा फ्रान्सेली क्रान्तिमा भएको नरसंहारमा मारिएका एक स्वीस गार्डको सम्मानमा बनाइएको यस मूर्तिको लम्बाइ ३३ फिट र चौडाइ २२ फिट रहेको छ।
माउण्ड रुशमोर, अमेरिका
अमेरिकाको साउथ डाकोटामा रहेको ४ पूर्व अमेरिकी राष्ट्रपतिहरुको प्रतिमा रहेको यस मूर्ति निर्माण गर्न १४ वर्ष लागेको थियो। सन् १९२७ मा यसको निर्माण सुरु गरी १९४० मा सकिएको थियो। यसम पूर्व अमेरिकी राष्ट्रपति जर्ज वासिङ्गटन, थोमस जेफरसन, थियोडोर रुजवेल्ट र अब्राहम लिंकनको प्रतिमा छ।
स्ट्याचु अफ डेसेबालस
रोमानियाको ओर्सोभामा रहेको यस मूर्तिको उचाइ १३१ फिट अर्थात् ४० मिटर रहेको छ। डेन्युव नदीको किनारमा रहेको यस मूर्तिलाई युरोपकै सर्वाधिक उचाइको रक स्ट्याचु मानिन्छ।
द अप्पेनिन कोलोसस, इटली
सन् १५७९ मा विला मेडीसीको बगैंचामा यो मूर्तिको निर्माण भएको थियो। इटलीको फ्लोरेन्स सहरबाट ७ माइल उत्तरमा रहेको यस मूर्तिको उचाइ करिब ३५ मिटर रहेको छ।