PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

२३ वर्षकी भएपछि आलिया परिवारबाट अलग



पहिलोपोस्ट

२३ वर्षकी भएपछि आलिया परिवारबाट अलग

बलिउड अभिनेत्री आलिया भट्ट २३ वर्षको भइन्। आफैँ कमाउने भएपछि आमाबुबामा निर्भर हुन छोड्ने वा घरबाट टाढा बस्ने ट्रेन्ड पछ्याउँदै उनले पनि परिवारबाट अलग हुने निर्णय गरेकी छिन्।
 
टाइम्स अफ इन्डियामा जनाएअनुसार आलिया र उनकी दिदी शाहिन भट्टले बुबा महेश भट्ट र आमा सोनी राजदानको घर छोड्ने भएका हुन्। केही हप्तामा नै दुई दिदी बहिनी आफ्नो नयाँ अपार्ट्मेन्टमा सर्ने भनिए पनि निश्चित मिति भने तोकिएको छैन।
 
आलियाले घर सर्नेबारे बोल्दै भनिन्, 'नयाँ घरको पहिलो दिन मेरी आमाको नाममा परिवारलाई खाना खुवाउँछु।'
 
भारतीय मिडियालाई उनले सुटिङमा व्यस्त भएका कारण आफ्नो नयाँ घरको सजावट गर्न नपाएको जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell