PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतमा बढेको हिंसाका कारण दुई दिनदेखि रोकिएका गाडी नेपाल भित्रन थाले



राधेश्याम पटेल

भारतमा बढेको हिंसाका कारण दुई दिनदेखि रोकिएका गाडी नेपाल भित्रन थाले

वीरगन्ज : भारतको विहार राज्य अन्तर्गत पूर्वी चम्पारणको विभिन्न ठाउँमा भएको हिंस्रक झपडको कारण दुई दिनदेखि सुगौली क्षेत्रमा रोकिएका ट्रक तथा पेट्रोलियम पदार्थका टयांकर नेपाल भित्रिन थालेका छन्। त्यस क्षेत्र लागेको निषेधाज्ञा हटेपछि ट्रक तथा ट्याङ्कर रक्सौल नाका हुँदै हिजो साँझबाट आउन सुरु गरेका हुन्।
 
विहारको तुरकौलिया, सुगौली र मोतिहारीमा  ४ दिन अघि दुई पक्षबीच हिंस्रक झडप भएको थियो। जसमा भारतीय प्रहरीका अधिकृतसहित दर्जन बढी घाइते भए।
 
प्रहरीको गाडीमा तोडफोड हुनुको साथै आधा दर्जन घर समेत जलाइए। अवस्थालाई शान्त पार्न मोतिहारी प्रहरीले शनिबार र आइतबार दुई दिन सुगौली आसपासको क्षेत्रमा निषेधाज्ञा एवं इन्टरनेट सेवा समेत बन्द गरिदिएको थियो।
 
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले दुई दिन सुगौलीमा असहज परिस्थित पैदा भएर गाडीहरु रोकिएको बताए। 'हिजोदेखि सहज अवस्था सृजना भएकोले मालबाहक गाडी वीरगन्ज आउन थालेका हुन्,' उनले भने।
 
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भारतीय प्रहरी प्रशासनले जुन पनि अवस्थामा अति आवश्यक मालसमानहरुको गाडी वीरगन्ज पठाउन प्रयत्न गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell