PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

युरोप पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : रसिया हुँदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

बानेश्वरमा  रहेको रेकोन एजुकेशन कन्सल्टेन्सीकी २३ वर्षीया सम्झना केसी र कोटेश्वरमा रहेको हाइलिंक एजुकेशनल कन्सलटेन्सीका ३१ वर्षीय आनन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ।
 
बाग्लुङ विनामारे गाविस–३ का भरत विक लगायतलाई उनीहरुले भारतको दिल्लीबाट रसिया हुँदै पोर्चुगलसम्म सजिलै पुर्‍याइदिने भन्दै प्रतिव्यक्ति १० लाख ५० हजारसम्म लिएका थिए। दिल्लीबाट रसियासम्म पुर्‍याई अलपत्र पारेकोले कारबाहीका लागि पीडितका सात जना आफन्तले महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन दिएका थिए।
 
महाशाखाबाट खटिएको विषेश टोलीले ती कन्सल्टेन्सी सञ्चालकहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell