
बुटवल : जग्गा कारोबारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
रुपन्देहीको तिलोत्तमा वडा नं– ३ बस्ने स्याङ्जा जिल्लाको निमुवाखर्कका ३८ वर्षीय खुमबहादुर थापा र बुटवल उपमहानगरपालिका– ११ तीनकुने बस्ने पर्वतका ३१ वर्षीया जमुना आचार्य कुँवरलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा दायर गरेको थियो।
रुपन्देही जिल्ला अदालतले ती दुवैलाई थुनामा राख्ने आदेश गरेको हो। उनीहरुले बुटवलका विभिन्न व्यक्तिलाई जग्गा कारोबारमा लगानी गर्न विभिन्न प्रलोभन देखाइ रु एक करोड ५८ लाख ४० हजार र ६५ तोला सुनका गरगहना ठगी गरेका थिए।