PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

डोटीमा सुरु भयो एकता कप क्रिकेट प्रतियोगिता



पहिलोपोस्ट

डोटी : उद्योग वाणिज्य संघ डोटीको आयोजनामा राजपुर दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले उद्घाटन गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले उद्योग वाणिज्य क्षेत्रमा सक्रिय उद्योगी व्यापारीहरुको अग्रसरतामा प्रतियोगिता आयोजना हुनु सराहनीय रहेको बताए।
 
प्रतियोगितामा विभिन्न १६ टिमको सहभागिता रहेको छ। क्लबस्तरीय प्रतियोगितामा विभिन्न टिममा राष्ट्रियस्तरका खेलाडीको पनि सहभागिता छ।
 
प्रतियोगिता सञ्चालनका लागी डोटी उद्योग वाणिज्य संघको पहलमा खप्तड खेल मैदानको पनि निर्माण गरिएको छ। उक्त खेल मैदानमा नियमित क्रिकेट प्रतियोगिताहरु सञ्चालन गरिने आयोजकको भनाइ छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell