PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

विकास रनिङ शिल्ड : एपिएफलाई ४-० ले हराउँदै सहारा विजयी



पहिलोपोस्ट

चितवन : चितवनको क्याम्पाचौरमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा सहारा क्लब पोखरा विजयी भएको छ। विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाडौंलाई ४–० गोल अन्तरले पराजित गर्दै सहारा विजयी भएको हो।
 
खेलमा सहाराका लागि शिव सुवेदीले २, सुशील लामा र अफ्रिकन खेलाडी सगुन इजिटायोले १/१ गोल गरे। खेलको म्यान अफ दि म्याच सहाराका शिव पुरी घोषित भए।
 
प्रतियोगिता अन्तर्गत भोलि २ खेल हुँदैछन्। भारतका ४ सहित १२ टिमले प्रतियोगितामा सहभागिता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell