PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सकिएको हो त डन महिलाको दवदवा?



सविन ढकाल

सकिएको हो त डन महिलाको दवदवा?

काठमाडौं : नेपाल प्रहरीले मोस्ट वान्टेड सूचीमा खोजिरहेको छ – काइली तामाङलाई। तामाङलाई नेपाल प्रहरीलेमात्र होइन थाइल्यान्डको प्रहरीले पनि खोजिरहेको छ। तर, काइली तामाङ ‘डन’ झै बनेकी छिन् जसलाई खोज्न फिल्मी डायलग ‘डनको खोजना मुसकिल ही नही नामुमकिन है’ झै भएको छ।

पुर्ख्यौली घर धादिङ नै भए पनि उनी अन्तर्राष्ट्रिय अपराधको सर्कलमा डनकै चरित्रमा छिन्। १५ वर्षदेखि अफगानस्थान, थाइल्यान्ड, भियतनामलाई आधार बनाएर उनको डनगिरी जारी छ। मुलुकको भूगोल बाहिर रहेर लागू पदार्थको कारोबारमा उनी सक्रिय रहेको प्रहरीको दावी छ।

सधैंजसो पीडितका रुपमा समाजमा चित्रण हुने महिला पनि ‘डन’ भन्दा तपाईँलाई अपत्यारिलो लाग्ला। तर, सत्य यही हो – केही महिला यस्ता छन् जो अपराधमा पुरुष अपराधीभन्दा कम छैनन्।
  
कुनै बेला नेपालमा काइली तामाङजस्तै, रेखा शाह, सीता थापा, मेरिना शाक्यहरु पनि अपराधको पेशेवरका रुपमा परिचित थिए। सेतो हिरोइनको कारोबार, अपहरण, बम काण्ड, हत्या लगायतका कार्यमा यिनीहरु संलग्न भएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

लागू औषधको कारोबार संलग्नको आरोपमा प्रहरीले काइली तामाङको खोजी अहिले पनि गरिरहेको छ। त्यस्तै सीता थापा श्रेष्ठले २०६६ साल जेठमा ललितपुरको एक चर्चमा ४ जनाको ज्यान जाने गरी बम विस्फोटन गराएको आरोप लगाउँदै प्रहरीले खोजी कायम राखेको छ।

रेखा शाह पनि बालको अपहरणको गरेको आरोपमा मुछिएकी थिइन्। त्यस्तै मेरिना शाक्य हत्याको आरोपमा प्रहरीको कारवाहीमा परिन्।
 
केही डनहरु कानुनको पञ्जाबाट टाढै छन्। केही वेपत्ता भएका छन्। र, केही अपराधको दुनियाबाट पलायन र त धेरै नासिएकै छन्।
 
त्यसैले माथि उल्लेखितबाहेक नयाँ डनहरु केही वर्षदेखि देखिएका छैनन्। त्यसको मतलब निमिट्यान्नै भए भन्ने होइन। राजधानीमा अहिले मिटर ब्याजी महिला डनहरु भने रहेको प्रहरीको दावी छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार केही मिटर व्याजी महिलालाई प्रहरीले कारवाही गरेपछि केही नियन्त्रण भएको छ। थापाले भने, ‘राजधानीमा महिला डन छैनन् भन्दा हुन्छ। मिटर व्याजीलाई भने कारबाही गरिरहेका छौं।‘

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार अहिले केही महिला ठगी र साइबर क्राइमका अपराधमामात्र संलग्न भएको पाइएको छ।
प्रतीकात्मक फोटो : http://www.cbc.ca



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell