PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

स्वदेश फर्कियो नेपाली महिला क्रिकेट टोली

स्वदेश फर्कियो नेपाली महिला क्रिकेट टोली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोट खेलका लागि हङकङ गएको नेपाली टोली आज स्वदेश फर्किएको छ।
 
सन् २०१६/२०१७ मा इङल्याण्डमा हुने आइसिसी महिला विश्वकप क्रिकेट खेल्ने लक्ष्यसहित छनोटमा सहभागी टोलीको सपना भने पूरा हुन सकेन। तर एसियाली कप खेल्ने पक्का गरेको छ। नेपालले यो एसियाली छनोटमा भने उपविजेताको ट्रफी हात पार्‍यो।

मंसिरको १२ देखि  थाइल्याण्डमा हुने महिला एसिया कप २०१६ मा आयोजक थाइल्याण्ड र नेपालसँगै टेस्ट मान्यता प्राप्त भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका टिमले पनि सहभागिता जनाउनेछन्। 


ट्रेन्डिङ पोस्ट

Ncell