PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

लोकमानको पक्ष लिने तामेलदार र वडा सचिवको टाउकोमाथि अदालतको तरबार!



मनोज सत्याल

काठमाडौं : लोकमानसिंह कार्कीको मुद्दा तामेलीमा अवरोध पुर्‍याएको विषयमा सर्वोच्च अदालतले सात दिन भित्र सशरीर उपस्थित भएर जवाफ दिन तामेलदार शम्भुबहादुर खत्रीसहित वडा सचिव सरिता राई र खरिदार भेषराज अर्याललाई आदेश दिएको छ।

राई लोकमानसिंह कार्कीको स्थायी ठेगाना रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १० कि सचिव हुन्। लोकमानसिंह कार्कीको मुद्दा तामेलीको सर्वोच्च अदालतले प्रयासमा राईले असहयोग गरेकी थिइन्।

तामेलदार बलदेव महतले तयार गरेको प्रतिवेदनको आधारमा सर्वोच्चका रिजिस्टारले ‘लोकमानसिंह कार्कीको मुद्दा तामेलीमा अवरोध गरेको विषय’ इजलासमा मिसिल पेश गरेका थिए। 

न्यायाधीश ईश्वर खतिवडाको इजलासले मिसिलको आधारमा तीन दिन भित्र जवाफ दिन आदेश दिएको हो।

अदालतको आदेशमा भनिएको छ - 'अदालतमा जारी भएको म्याद कानुनको रीत पुर्‍याइ समयमा नै तामेल गर्नु सम्बन्धित तामेलदारको कर्तव्य बन्दछ।'

अदालतको आदेशमा भनिएको छ - लोकमानसिंह कार्कीको नाममा जारी भएको २०७३/६/५ को म्याद तामेल गर्ने सन्दर्भमा तामेलदार शम्भुबहादुर खत्रीले बदनियत गरी काम तामेल नगरेको र काठमाडौं महानगरपालिका वाड नं १० का अधिकृत सरिता राई र खरिदार भेषराज अर्यालले म्याद तामेल कार्यमा सहयोग नगरी बाधा अवरोध खडा गरेको भनी निजहरुलाइ मुलुकी ऐन अं व १११ बमोजिम १ हजार जरिवाना र १५ दिन कैद किन गर्न नपर्ने हो?'

अदालतले न्यायिक प्रक्रियामा कानुनको रौँ चिरा छिद्र खोजी अवरुद्ध गर्ने कुराले स्थान पाउननहुने समेत उल्लेख गरेको छ।

अदालतले न्यायिक प्रक्रिया छल्ने वा अवरुद्ध गर्ने कुनै पनि काम कारवाही वा क्रियाकलाप स्वीकार्य हुन नसक्ने उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell