PahiloPost

Jun 15, 2026 | १ असार २०८३

काठमाडौंबाट गएको बस त्रिशुलीमा खस्यो, छत देखियो मानिस के भए खुलेन



पहिलोपोस्ट

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केहीबेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ। सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको यात्रु बस साँझ ८:४५ बजे त्रिशूलीमा खसेको हो। बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उनले बताए। बसमा कति यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell