PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

त्रिशूलीमा बस खस्दा एक पुरुषको मृत्यु, सवारीसाधनको ठक्करबाट युवतीको ज्यान गयो



पहिलोपोस्ट

चितवन : काठमाडौंबाट भैरहवाका लागि छुटेको रात्रिबस नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ स्थित रिद्धिखोला नजिक त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। लु १ ख ७३९१ नम्बरको बस मङ्गलबार साँझ त्रिशूलीमा खस्दा ९ जना गम्भीर घाइते भएका छन्। एक बेपत्ता छन्।
 
मृत्यु हुनेमा करिब ३२ वर्षीय पहिचान नखुलेका एक जनाको भरतपुर लैजाने क्रममा मृत्यु भएको हो। उनको पहिचान खुलेको छैन। ८ जनाको कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको छ। एक जनालाई भने थप उपचारका लागि काठमाडौँ लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले बताए।
 
बसमा चालक तथा सहयोगी गरी ११ जना मात्र सवार थिए।
 
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नै चण्डीभञ्ज्याङ–६ कालीखोलामा आज बिहान भएको अर्को दुर्घटनामा एक युवतीको ज्यान गएको छ। सवा १ बजे सवारीसाधनले ठक्कर दिँदा १८ वर्षीया युवतीको मृत्यु भएको हो। उनको पहिचान खुलेको छैन। ठक्कर दिएर सवारीसाधन सहित चालक भागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell