PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

तिहार नजिकिएपछि अनुगमन तीव्र : मिठाई पसलमा फोहोर, सुपरमार्केटमा म्याद नाघेका सामान



पहिलोपोस्ट

काठमाडौं : तिहार नजिकिएसँगै सरकारी निकायले बजार अनुगमन तीव्र बनाएका छन्। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार गरेको अनुगमनमा मिठाइ पसलका किचेनमा फोहोर एवं सुपरमार्केटहरुमा म्याद नाघेका खाद्य पदार्थ भेटिएका हुन्।
 
उपत्यकाका विभिन्न मिठाई पसलमा गरिएको विशेष अनुगमनमा लेबल नभएका सामान र भान्छा फोहोर राखेको पाइएको छ।
 
बाग्मती स्विट्स प्रालीमा हिलो र फोहोर किचेन फेला परेको विभागका निर्देशक निरज पौडेल पोखरेलले बताए। सोही क्रममा आँगन ब्राण्डको पशुपति फुड्स प्रालिमा सरसफाइमा ध्यान नदिइएको फेला परेको छ।
 
टोलीले बाग्मती स्विट्स प्रालिलाई सरसफाइ गर्न र सात दिनभित्र कार्यान्वयनको जानकारी विभागमा पेश गर्न निर्देशन दिएको छ। त्यस्तै पशुपति फुड्सलाई सरसफाइमा ध्यान पुर्‍याउन निर्देशन दिएको पौडेललले जानकारी दिए।
 
विभागका निर्देशक पौडेलको संयोजकत्वमा शाखा अधिकृत ढुण्डीराज पोखरेल, उपभोक्तावादी संगठन लगायतका टोलीले बाग्मती स्विट्स प्रालि, सजन कोट पसल, खाद्य संस्थानको नख्खु कार्यालय, सहुलियत पसल, भाटभटेनी सुपरमार्केट लगायतका स्थानमा अनुगमन गरेको थियो। टोलीले भाटभटेनीमा म्याद नाघेको तीन बोतल मिरिण्डा समेत नष्ट गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell