PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

ढिस्कोले पुरिएर बालिकाको मृत्यु, बागमती नदीमा डुबेर महिला बेपत्ता



पहिलोपोस्ट

गौर (रौतहट) : रौतहटको शीतलपुर बैरगनिया गाविसमा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ।
 
घर लिपपोत गर्न पहेँलो माटो लिन लालबकैया नदीको किनारमा पुगेकी स्थानीयवासी १५ वर्षीया रुबीकुमारी यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।
 
ढिस्कोमा पुरिएकी किशोरीलाई स्थानीय बासिन्दा, प्रहरीको सहयोगमा बाहिर निकालिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 
यसैगरी बागमती नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन्। नदीमा नुहाउन गएकी बसतपुर–८ की ८० वर्षीया चन्द्रकलादेवी गिरी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनको स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell