PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

संविधानमा महिला अधिकार सुनिश्चित : देउवा



पहिलोपोस्ट

संविधानमा महिला अधिकार सुनिश्चित : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानले महिला अधिकारलाई सुनिश्चित गरेको बताएका छन्।
 
आजदेखि सुरु भएको साउथ एसिया वुमन डेभलपमेन्ट फोरमको सम्मेलन उद्घाटन गर्दै देउवाले महिला-अधिकारपूर्ण संविधान बनेको दाबी गरे। आर्थिक विकासका लागि महिला सहभागिता अपरिहार्य भएको समेत उनले बताए। दक्षिण एसियामा अझै पनि महिलाको अवस्था सन्तोषजनक नरहको उनको भनाइ थियो।
 
यस्तै, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको बताए। महिलालाई पछि पारेर कुनै पनि आर्थिक विकास सम्भव नरहने भन्दै उनले समतामूलक सहभागितामा जोड दिए। महिलालाई सामाजिक, आर्थिक, राजनीतिक लगायतका क्षेत्रमा अनिवार्य सहभागी गराउनुपर्ने उनको भनाइ थियो।
 
सम्मेलन भोलिसम्म चल्नेछ।
 
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell