PahiloPost

Jun 15, 2026 | १ असार २०८३

यसरी लहराउँछ, भारतीय महिलाको कपाल बेलायतीको टाउकोमा



पहिलोपोस्ट

यसरी लहराउँछ, भारतीय महिलाको कपाल बेलायतीको टाउकोमा

छिमेकी राष्ट्र भारतका महिलाहरुको कपाल बेलायतसम्म पुग्ने र त्यहाँ करिब १२ सय पाउण्ड रकममा अर्को व्यक्तिमा रोप्ने गरिएको रहस्य पत्ता लागेको छ।
 
दक्षिण भारतका गरिब महिलाहरु सुरुमा आफ्नो कपाल पूरै खौरन्छन्। बार्बरले ५ मिनेटमै उनीहरुको भर्जिन हेयरलाई टाउकोबाट हटाइदिन्छन्। यादागिरीदत्त मन्दिर नजिकै आफ्नो कपाल खौरन महिलाहरुको लाइन नै लाग्ने गर्छ।
 
त्यहाँ महिला हिन्दु मन्दिरमा आफ्नो कपाल दान गर्नु परम्परा नै रहेको छ। उक्त कपाल बेच्न वा फण्ड उठाउनको लागि प्रयोग गरिन्छ। एक दिनमै करिब ५० हजार व्यक्ति कपाल खौरनका लागि लाइनमा बस्छन्।
 
यसरी खौरिएको कपाल युरोप, दक्षिण अमेरिका एसिया लगायतका डिलरहरु संकलन गर्नका लागि जान्छन्। त्यसपछि सबै कपालको प्रत्येक रौं चाहिने र नचाहिने छुट्याउछन्। यसका लागि कामदार नै राख्ने गरिएको छ।
 
यसरी संकलन गरिएको कपालमा विभिन्न रसायन राखेर अन्य व्यक्तिको टाउकोमा रोप्नका लागि तयार पारिन्छ।
 
त्यसपछि किलोग्रामको आधारमा उक्त कपाल होलसेलरमा बेचिन्छ। बेलायतको हेयरड्रेसरहरुले होलसेलरबाट सिधै कपाल लिन्छन्। उनीहरुको एक बण्डल कपालको करिब सय पाउण्ड तिर्छन् तर त्यही कपाल ग्राहकको टाउकोमा रोप्दा ८ सय देखि १२ सय पाउण्ड सम्म लिने गरेको पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell