PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

​नेपाली क्रिकेटरले अमेरिकामा च्यारिटी क्रिकेट म्याच खेल्ने



पहिलोपोस्ट

​नेपाली क्रिकेटरले अमेरिकामा च्यारिटी क्रिकेट म्याच खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका ७ खेलाडीले अमेरिकामा च्यारिटी क्रिकेट म्याच खेल्ने भएका छन्। नेपाली क्रिकेट टीमको इन्जुरी रिलिफ फण्डको लागि नेपाली राइनोज टीमबाट अमेरिकामा च्यारिटी म्याच खेल्न लागेका हुन्। 

नेपाली टीमका कप्तान पारस खड्कासहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल र सिद्धान्त लोहनीले नेपाली राइनोज टीमबाट खेल्नेछन्। 

आगामी नोभेम्वर ६ मा ह्याट्सभिलेमा हुने खेलमा नेपाली राइनोजले अल स्टार अफ वासिंगटन क्रिकेट क्लबसँग खेल्नेछ। खेल हेर्नका लागि १५ अमेरिकी डलर इन्ट्री फि तोकिएको छ।

यस्तै अमेरिकामै हुने टु टेन क्रिकेट प्रतियोगितामा पनि नेपाली राइनोज टीमले प्रतिस्पर्धा गर्नेछन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell